Section 6
चन्दा रसीद :

यस ऐन बमोजिम चन्दा उठाउँदा देहाय बमोजिम चन्दा रसीद छपाई सो रसीदको आधारमा मात्र चन्दा उठाउनु पर्छ ।
(क) चन्दा रसीदमा सो छाप्ने छापाखानाको नाम र ठेगाना छापिएको हुनुपर्छ ।
(ख) चन्दा रसीदमा सिलसिलेवार नम्बर हुनुपर्छ ।
(ग) चन्दा किताबको प्रत्येक पृष्ठमा रहने रसीदका तीन प्रतिहरु अनिवार्य रुपमा छपाउनु पर्नेछ । ती तीन प्रतिहरु मध्ये एक प्रति चन्दा दातालाई, एक प्रति चन्दा संकलनकर्ता कहाँ र एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाउनु वा रहनु पर्छ ।
(घ) चन्दा संकलनको निमित्त छपाउने रसीदमा दताले दिने नगदी जिन्सी भन्ने शब्दहरु पनि छापाखानाबाट छापिएको हुनुपर्छ ।
(ङ) चन्दाको प्रत्येक रसीदमा समितिको कार्यालयको छाप र सदस्य सचिवको हस्ताक्षरको निस्सा लागेको हुनुपर्छ ।